कन्दरा कन्सर्टको तयारी पूरा

पाेखरा | पुस २५, २०८०

कन्दरा कन्सर्टको तयारी पूरा

पोखरा:    पोखरा पर्यटन परिषद्को आयोजनामा शुक्रबार हुने कन्दरा कन्सर्टको तयारी पूरा भएको छ । पोखरा पर्यटन परिषद्ले पोखरामा आज (बुधबार) पत्रकार सम्मलेन गर्दै कन्दरा कन्सर्टको तयारी पूरा भएको जानकारी दिएको हो । 


‘पहिला घरदेश अनि परदेश’ गीत संगित मार्फत नेपालको पर्यटन प्रवद्र्धनको सन्देशसहित मुलुकको सातै प्रदेश र मुख्य शहरमा आयोजना हुन लागेको कन्दरा सांगीतिक अभियानको तयारी पूरा भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । 


‘पहिला घरदेश अनि परदेश, भन्ने नारासहित नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनको सन्देशसहित सातै प्रदेश र मुख्य शहरमा कन्दरा  लाइभ कन्सर्ट गर्दै छौं’, अध्यक्ष श्रेष्ठले भने, ‘पोखरा पर्यटन परिषद्को आयोजना, कन्दरा व्याण्डको व्यवस्थापनमा पुस २७ गते पोखरामा कन्दरा लाइभ कन्सर्ट गर्दै छौं ।


उनका अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा कन्दरा सांगीतिक अभियान पुस २७ गते पोखरा नयाँबजार स्थित पर्दशनी केन्दमा आयोजना हुँदै छ । 


पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले कन्दरा व्याण्डको लाइभ कन्सर्टमा करिव १० हजार बढी दर्शको उपस्थिति समेत रहने बताए । उनले कन्सर्टमा सहभागी हुन ३ सय र भिआइपीतर्फ १ हजार रुपैयाँको टिकट दर कायम गरेको जानकारी दिए । कन्सर्टमा बचत रकम गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासमा खर्च गर्ने उल्लेख गरिएको छ । 


कन्दराको कन्सर्टमा लिड भोकलिस्ट विवेक श्रेष्ठ श्रेष्ठसँगै सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीत प्रस्तुत गर्नेछन् । कन्दराले अहिलेसम्म ६ वटा एल्वम बजारमा ल्याएको छ। देश विदेशमा २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ । 

 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्